• देश

    काठमाडौंमा ठुलो संख्यामा प्रहरी परिचालन , विप्लव समुहका कार्यकर्ता पक्राउ

      ओमकार टाईम्स

    ललितपुर । ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई शुक्रबार राति प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो ।

    दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दलान पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आजदेखि विप्लव समूहले ३ दिनसम्म मंसिर ६, ७ र ८ गते वर्षगाँठ मनाउँदैछ । वर्षगाँठमा विप्वल समूहको मुमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस