• पत्र-पत्रिका

    कालोसूचीमा परेको कम्पनीसंग स्याटेलाइट खरिद गर्ने तयारी

      पत्रपत्रिका


    काठमाडौं । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र लक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालको स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ ।

    तीन महिनाअघि समझदारीको हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको क्रममा सम्झौता गर्ने तयारी छ ।

    हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद भएको छ । यता सञ्चारमन्त्री गोकुल बास्कोटाले कम्पनीको क्षमतामाथि शंका गर्नुपर्ने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


     

    प्रतिकृया दिनुहोस