• देश

    हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम

      ओमकार टाईम्स

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ भने देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ ।

    देशमा उल्लेखनीय मौसमी प्रणाली नभएता पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज (आइतबार) दैनिक बुलेटिन जारी गर्दै महाशाखाले आज राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहने जनाएको छ ।

    यसैगरी देशका धेरै स्थानहरुको तापक्रम घट्ने र तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान
    मंसिर ७ गते (आइतबार)
    दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।

    मंसिर ८ गते (सोमबार)
    दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंसिर ९ गते (मंगलबार)
    दिउँसो : प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस