• मुख्य

    प्रचण्ड र ओलीबीच आलोपालो गर्नेबारे पार्टीभित्र कुनै छलफल भएको छैन- पोखरेल

      ओमकार


    बिराटनगर । कार्यवाहक प्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आलोपालो गर्नेबारे पार्टीभित्र छलफल नभएको बताएका छन् ।

     

    सोमबार बिराटनगर आइपुगेका पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीभित्र औपचारिक ढंगमा छलफल नभएको बताएका हुन् ।

     

    शीर्ष नेताहरुवीचमा आधा–आधा कार्यकालका लागि जेन्टलमेन्ट सहमति भएको भए पनि सबै कुराको सीमा, मर्यादा र प्रकृया हुने भन्दै पोखरेलले बाहिर आएको कुरा आफूहरुले ध्यानपूर्वक सुनेको बताए ।


     

    प्रतिकृया दिनुहोस