• खेलकुद

    सन्दीप लामिछानेलाई कोरोना संक्रमण

      ओमकार टाईम्स


    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ

    शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।

    आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् । यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल समेत कोरोना संक्रमित भएका थिए ।

    प्रतिकृया दिनुहोस