• स्वास्थ

    कोरोनाको कारण धरान र बिराटनगरमा २ जनाको मृत्यु

      ओमकार टाईम्स


    धरान : कोरोना संक्रमणका कारण धरानमा एक किशोरीको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरी बर्दिवास–२ की २२ वर्षीया किशोरीको आइतबार बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

    जनकपुरस्थित सिटी अस्पतालबाट रिफर भएकी महिलामा क्लाम्पेसियाको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । मंसिर २ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।प्रतिष्ठानमा हालसम्म १ सय १५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार राती ११ बजे उपचारका क्रममा उर्लाबारी नगरपालिका ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।ती पुरुषमा पेट दुख्ने, वान्ता, ज्वरो तथा छाती दुख्ने समस्या रहेको दाहालले जानकारी दिए ।

    मंसिर ४ गते अस्पतालमा भर्ना गरिएका पुरुषको पीसीआर परीक्षण गर्दा ५ गते पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार शुरु गरिएको दाहालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस