• देश

    दु:खद घटना: दार्चुलामा शौचालय भत्किँदा तीनजना बालिकाको मृत्यु

      ओमकार


    दार्चुला । दार्चुलामा शौचालय भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ ।

    नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको छाना भत्किँदा तीन बालिकाको घटनास्थलमा नै मृत्यु भएको गाउँपालिकाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाले बताएका छन् ।

    मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८/९ वर्षीय तीन बालिका छाना भत्किँदा पुरिएका हुन् । शौचालयको छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकीन भएको छैन ।

    सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । वर्षाका कारण उद्धार प्रभावित बनेको प्राविधिक सहायक ठगुन्नाले बताए । निकालिएका शवहरुको समेत पहिचान हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस