• मुख्य

    अबको दुई बर्षमा ४० करोडको लागतमा सुबिधा सम्पन्न प्रधानमन्त्री निवास बन्ने

      पत्रपत्रिका


    काठमाडौं । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ। बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ। उउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन्।

    नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ। सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ। चालु आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


     

    प्रतिकृया दिनुहोस