• देश

    भ्रष्टाचार काण्ड छताछुल्ल, मिश्रले गौरादह छाडेको बिषयमा जनप्रतिनिधिनै परे रनभुल्ल

      ओमकार


    इटहरी । इटहरी उपमहानगरपालिकामा सडक बत्ती (सीएफएल) खरिद प्रकरण देखि लिएर डोल्पामा नेत्र बिक्रम नेतृत्वको नेकपाको कारबाहीमा समेत परेको समाचार शृङ्खलाबद्ध रुपमा बाहिर आएपछी गौरादह नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले गौरादह छाडेको खबर बाहिरिएको छ।

     

    गौरादहका मेयर रोहित शाहलाई मिश्रले मोबाइल सन्देश पठाउदै आफुलाई सुगर, प्रेसर र मुटुको समस्या बढेका कारण काठमाडौ स्थित सिभिल अस्पतालमा उपचार गर्न आएको जानकारी गराएका थिए।

     

    तर गौरादह १ का वडासदस्य कोमल ढुंगानाका अनुसार उनी उपचारकै निमित्त काठमाडौ गएको वा अन्य कुनै कारणले हो भन्ने यकिन नभएको जानकारी गराएका छ्न।

     

    तर स्रोतले बताए अनुसार केहिदिन देखि सामाजिक संजालमा मिश्र विरुद्ध आएको व्यापक दबाब थेग्न नसकेर उनि काठमाडौ हानिएका हुन । मिश्रका कर्तुतहरु एकपछि अर्को बाहिर आउन थालेपछी सामाजिक संजालमा जनदबाब बढ्न थालेको थियो।

    प्रतिकृया दिनुहोस