• मनोरञ्जन

    ‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई

      ओमकार टाईम्स

    आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाको अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार रुपैयाँ राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।

    जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोक सङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताइन् । गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै छन् । त्यस चलचित्रको अहिले छायांकन भइरहेको छ । उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताइन् ।
    ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो । ·

    प्रतिकृया दिनुहोस