• अर्थ

    व्यावसायिक तथा कर समबन्धि परामर्शका लागि ‘एकुरेट अकाउन्ट सोलुसन´

      ओमकार टाईम्स


    दमक । झापाको दमकमा व्यक्तिगत तथा कर्पोरेट ग्राहकका लागि व्यवासायिक सल्लाह प्रदान गर्ने उदेश्यले एकुरेट अकाउन्ट सोलुसन नामक सेवा केन्द्रको सुरुवात भएको छ । यसको संचालकका रुपमा अर्जुन खड्का र सुमन श्रेष्ठ रहेका छन ।


    व्यवासायमा लाग्न तरखर गरिरहेका वा व्यवासायमा जमिसकेका व्यक्ति तथा संस्थालाई सेवा केन्द्रले वित्तीय सल्लाह दिने संचालक मध्येका एक अर्जुन खड्काले बताए ।उनका अनुसार व्यवासायको आवश्यकता र महत्वकांक्ष स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा हासिल गर्न सेवा केन्द्रले सहयोग गर्ने छ ।
    ‘हामी व्यक्तिगत र व्यवासायिक आवश्यकताहरुको व्याख्या र बिकास गर्न, बिकासका लागि अवसरहरु पहिचान गर्न र जोखिमहरु कम गर्न सहयोग गर्ने छौ’ उनले बताए ।सरकारले घोषणा गरेका नयाँ योजनाहरु, कानुनमा हुने गरेका परिवर्तन सम्बन्धी सचेतना लगायत अन्य थुप्रै सेवाहरु प्रदान गरिने उनले बताए ।


    ‘कम्पनी दर्ता, आयकर, लेखा, टीडीएस, अडिट कर, परियोजना रिपोर्ट, निर्यात इजाजतपत्र, पसल पंजीकरण लगायतका कार्य गर्ने उनले बताए ।दमक-६ मा केन्द्रीय कार्यालय रहेको यसले चाडै नै विराटनगर र बिर्तामोडमा आफ्नो सेवा केन्द्र विस्तार गर्ने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस