• विदेश

    पाकिस्तानमा अब बलात्कारीलाई नपुंसक बनाइने

      ओमकार टाईम्स

     

    एजेन्सी । पाकिस्तानमा बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने अध्यादेश लागू भएको छ ।त्यहाँका राष्ट्रपतिले मंगलवार बलात्कार विरोधी यो अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।

    बीबीसीका अनुसार सो अध्यादेशमा बलात्कारीलाई नपुंसक बनाउन सकिने र छिटो सुनुवाई गरिने प्रावधान छ ।बलात्कारीलाई रसायनिक पदार्थको प्रयोग भएको दवाई खुवाएर नपुंसक बनाइने उक्त कानूनमा उल्लेख छ ।बलात्कार सम्बन्धी उजुरीको सुनुवाई गर्न विशेष कार्यदल गठन गरिने कानूनमा उल्लेख छ । चार महिनाभित्रमा सुनुवाई पूरा हुनुपर्ने बताइएको छ ।

    हालै लाहोर सहरमा दुई बच्चाका अगाडि राजमार्गमा एक महिलाको बलात्कार भएको घटना सार्वजनिक भएपछि पाकिस्तानभर बलात्कारीलाई कडा सजाय दिइनु पर्ने माग गर्दै आन्दोलन भइरहेका छन् ।विश्वमा बलात्कारीलाई नपुंसक बनाउने कानून पहिलोपल्ट सन् २००९ मा पोलेन्ड र सन् २०१६ मा इन्डोनेसियामा लागू भएको थियो ।

    प्रतिकृया दिनुहोस