• मुख्य

    पत्रकार डेकेन्द्र थापा हत्यामा फरार अभियुक्त पक्राउ

      ओमकार टाईम्स

    काठमाडौ‌ं । द्वन्द्व कालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    थापाको हत्यामा सलंग्न ठहर भएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २०७१ मंसिर २१ गते जिल्ला अदालत दैलेखले २ वर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो ।

    तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पहल गर्न नौमुलेको द्वारी पुगेका थापालाई माओवादीले अपहरण गरी हत्या गरेको थियो । उनको शव २०६५ साउन २७ गते द्वारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

    प्रतिकृया दिनुहोस