• अर्थ

    आज पनि बढ्यो सुनको मूल्य

      ओमकार टाईम्स


    काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ । हिजो (बुधबार) प्रतितोला ९३ हजार १०० मा कारोबार भएको सुन आज (बिहीबार) तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मुल्य २५ रुपैंयाले बढेर प्रतितोला १२५५ रुपैयाँमा करोबार भएको छ ।

    प्रतिकृया दिनुहोस