• अर्थ

    एनआईसी एसिया बैंकको कर्तुतको पर्दाफास

      ओमकार

     

    काठमाडौं । ‘बैंक पनि साथी पनि’, ‘राम्रो पनि हाम्रो पनि’ भन्दै प्रचारप्रसार गरी सर्वसाधारणलाई लोभ्याइरहेको एनआईसी एसिया बैंकले मकवानपुरमा आफ्ना सेवाग्राहीलाई गम्भीर धोका दिइरहेको पाइएको छ ।

     

    ऋण निकालेको १५ दिन नपुग्दै ७ दिनभित्र ऋण चुक्ता गर्न भन्दै एनआईसी एसिया बैंकले घरघरमा पत्र पु¥याउन थालेपछि ऋणीहरु सशंकित भएका छन् ।

     

    हेटौंडाका पुस्कल दाहालले जेठ १४ गते मात्रै ऋण पास गरेका थिए । उनलाई १५ दिन नबित्दै २७ गते पत्र हातमा थमाइयो र भनियो ‘७ दिनभित्र ऋण तिर्नुहोला नत्र नाम कालोसूचीमा निस्किनेछ ।’ बैंकको पत्र हातमा परेपछि उनी अचम्ममा परे ।

     

    उनीजस्तै हेटौंडामा व्यवसाय गर्दै आएका विजय थापा, शान्ताकुमार श्रेष्ठ, काव्यमणि अधिकारीलगायत धेरै व्यवसायीलाई समय नपुग्दै ऋण तिर्न बैंकले पत्र पठाएको छ । मकवानपुरका २४ व्यवसायीहरुलाई बैंकले समय नै नपुगी ऋण चुक्ताका लागि पत्र थमाएको प्रारम्भिक जानकारी आएको छ ।

     

    यद्यपी बैंकले भने १२÷१३ जनालाई मात्रै पत्र पठाएको बताएको छ । ‘१४ गते ऋण निकालेर २७ गते नै कहाँबाट ल्याएर तिर्ने ?’, पुस्कल दाहालले भने, ‘सर्भिस चार्ज’ भनेर २ प्रतिशत लिएको छ । अवधि सकिएको भए पनि हो भन्नु । यो ‘क्लोजिङको टाइम’ मा ७ दिनभित्र कहाँबाट ल्याएर तिर्नु ?’

     

    यस्तै हेटौंडाका अर्का व्यवसायी विजय थापाले एनआईसी एसिया बैंकका प्रतिनिधिले राति ८ बजे पत्र थमाएर गएको जानकारी दिए । ‘दुई महिनाअघि मात्र रिन्यू गरेको ऋण ७ दिनभित्र तिरेन भने पत्रिकामा नाम निकाल्ने धम्की समेत छ’, उनले भने, ‘छापेर ल्याउने चिज हो पैसा ? टाइम दिनुपर्दैन ? जे मन लाग्यो त्यही गर्ने ?’ यस्तै मकवानपुर उद्योग वाणिज्य संघका सचिव समेत रहेका मणि खाद्यान्न सेन्टरका सञ्चालक काव्यमणि अधिकारी ४५ दिनदेखि बैंकको काममा दौडिरहेको जानकारी दिए ।

     

    प्रत्येक महिना किस्ता तिर्दै आएका व्यवसायीलाई समयमा किस्ता नबुझाएको भनेर सही समेत गर्न लगाएको पाइएको छ । हेटौंडाका व्यवसायीहरुले व्यवसाय गरेर बस्ने अवस्था नरहेको भन्दै अब अर्को बाटो रोज्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।
    बैंकले दुःख दिएको गुनासो परेपछि मकवानपुर उद्योग वाणिज्य संघले समस्या समाधानको लागि बुधबार बिहान सरोकारवाला व्यवसायीसहित एनआईसी एसियाका शाखा प्रबन्धक हिमाल रेग्मीसंग छलफल गरेको छ ।

     

    छलफलको क्रममा बैंकका प्रबन्धक हिमाल रेग्मीले राष्ट्र बैंकका कारण समस्या परेको प्रतिक्रिया दिएका छन् । ‘बैंकको नीति, नियम पोलिसीको कारण यस्तो भएको हो’, उनले भने, ‘अब कसरी अघि बढ्ने भन्ने माथिल्लो निकायमा भरपर्छ ।’ यो समस्या हेटौंडामा मात्र नभएर नेपालभर देखिएको शाखा प्रबन्धक रेग्मीले बताए ।

     

    छलफलका क्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बैंकले व्यवसायीलाई अनावश्यक दुःख दिन खोजेको भन्दै यस बिषयलाई लिएर राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयसम्म जान तयार रहेको बताए । ‘समय नपुगी व्यवसायीले भन्ने बित्तिकै ७ दिनमा कहाँबाट पैसा ल्याएर दिन सक्छ ?’ उनले भने, ‘कम्तीमा ३÷४ महिनाको समय त दिनुप¥यो नि ।’

     

    आवश्यक परे कानुनी प्रक्रियामा जान पनि तयार रहेको उनले बताए । करिब एक महिना अघि पनि हेटौंडाका व्यवसायी रोशन सापकोटालगायतकालाई ऋण चुक्ताको प्रमाणपत्र नदिएपछि एनआईसी एसिया विवादमा आएको थियो ।

    प्रतिकृया दिनुहोस