• समाचार

    पारिश्रमिक नपाएको भन्दै त्रिविका प्राध्यापकहरु धर्नामा

      ओमकार टाईम्स


    काठमाडौं : अनलाइन कक्षाको पारिश्रमिक नपाएका त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक दुई दिनदेखि उपकुलपति कार्यालयमा धर्ना बसिरहेका छन् ।

    कक्षा र परीक्षा बहिष्कार गर्दै आएका उनीहरूले बिहीबारबाट ‘समान कामको समान ज्याला’ दै आन्दोलन चर्काएका हुन् । धर्नामा देशभरका आंगिक क्याम्पसका अध्यापक सहभागी छन् । त्रिविमा करिब दुई हजार आंशिक प्राध्यापक छन् । उनीहरूले चैतयता पारिश्रमिक पाएका छैनन् ।

    ‘अधिकांश क्याम्पसमा पठनपाठन छैन,’ त्रिचन्द्र क्याम्पसका आंशिक प्राध्यापक शशिकुमार शर्माले भने, ‘अनलाइन कक्षामा सहभागीलाई पनि पारिश्रमिक दिइएको छैन ।’ त्रिविमा कक्षाअनुसार पारिश्रमिक दिने गरी राखिएका १४ वर्षदेखिका आंशिक प्राध्यापक छन् ।

    प्रतिपिरियड ३ सयका दरले अध्यापन गराउने उनीहरूले मासिक पारिश्रमिक दिने गरी करारमा नियुक्तिको माग अघि सारेका हुन् ।

    प्रतिकृया दिनुहोस