• विदेश

    अमेरिकामा मोडर्ना खोपले अनुमति पाउँदै

      ओमकार टाईम्स

    काठमाडौं :अमेरिकामा कोरोनाभाइरसको दोस्रो खोप आकस्मिक अनुमति पाउने चरणमा पुगेको छ ।

    विज्ञहरूको एउटा समूहले अनुमोदन गरेपछि मोडर्ना खोप अनुमतिको नजिक पुगेको हो । अमेरिकाको खाद्य तथा औषधीसम्बन्धी प्रशासनिक निकाय (एफडीए) का प्रमुखले उक्त खोपलाई अनुमति दिन आफ्नो संस्था तीव्ररूपमा काम गर्ने बताएको हो ।

    जसले गर्दा खोप उत्पादक कम्पनीले खोपको दशौँ लाख डोज सम्बन्धित स्थानमा पुर्याउन सकून् । मोडर्ना खोपलाई एक ठाउँबाट अर्को ठाउँमा लग्दा माइनस २० डीग्रीको चिसो ठाउँमा भण्डारण गर्नुपर्छ । जुन साधारण फ्रिजरको तापक्रम हो । फाइजर खोप चाहिँ माइनस ७५ डीग्रीमा राख्नुपर्ने हुन्छ जसले गर्दा यसलाई एक ठाउँबाट अर्को ठाउँमा लाग्ने काममा थप व्यवस्था गर्नुपर्ने भएकाले तुलनात्मक रूपमा थप कठिन हुन्छ ।

    फाइजर खोप जस्तै मोडर्ना खोपमा पनि बूस्टर डोज अर्थात् खोप दुई पटक लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने बताइएको छ । केम्ब्रिज, म्यासाचुसेट्समा रहेको कम्पनीले भनेको छ । यदि उसले अनुमति पायो भने ‘ठूलो मात्रा’मा खोप त्यही उत्पादन हुन सक्छ ।

    फाइजरको औषधी जर्मनी र बेल्जियम लगायत थुप्रै मुलुकमा उत्पादन भइरहेको छ । क्यानडा सरकारले खोपको कुल ५ करोड ६० लाख डोजमध्ये मार्च महिनासम्ममा दुई करोड खोप पाउने योजना बनाएको छ । यूकेले यस अघि नै ७० लाख डोज मोडर्ना खोप माग गरिसकेको छ । यूरोपेली संघले गत महिना ८ करोड डोज खोप किन्ने करार सम्झौता घोषणा गरिसकेको छ भने खोप सुरक्षित र प्रभावकारी देखिएमा थप ८ करोड डोज किन्ने पनि बताएको छ । जापानले ५ करोड मोडर्ना खोप मगाएको छ ।

    त्यसतै, दक्षिण कोरियाले २ करोड मात्रा र स्वीट्जरल्यान्डले ७५ लाख खोप मागेको ड्यूक विश्वविद्यालय ग्लोबल हेल्थ इनोभेशन सेन्टरको तथ्याङ्क छ । अमेरिकी औषधी कम्पनी फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले विकास गरेको उक्त खोपले आकस्मिक अनुमति पाए लगत्तै अमेरिकामा यो साताको सुरुमा कोभिड-१९ को खोप दिन सुरु गरिएको छ ।

    त्यहाँ एप्रिल महिनासम्ममा १० करोड मानिसलाई खोप दिने लक्ष्य लिइएको छ । न्यूयोर्कमा कार्यरत नर्स सान्ड्रा लिन्ड्से सोमबारदेखि दिन थालिएको खोप लगाउने पहिलो हुन् । उनलाई खोप दिँदाको दृष्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रसारण गरिएको थियो ।

    सल्लाहकार समूहमा बिहीवार एकजनाले भाग नलिएको मतदानमा मोडर्ना खोपको लाभले १८ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा जोखिम कम गर्ने पक्षमा शून्यका विरुद्ध २० भोट परेको थियो। त्यही समितिले गत साता फाइजररबायोएनटेकको खोपलाई समर्थन गरेको थियो । जसले गर्दा भोलिपल्टदेखि प्रयोगको निम्ति उक्त खोपले आकस्मिक अनुमति पाउने बाटो खुला भएको थियो ।
    समितिको अनुमोदनपछि एफडीएका आयुक्त स्टेफन हानले ‘आकस्मिक प्रयोगको अनुमतिलाई अन्तिम रूप दिन र जारी गर्न तीव्र रूपमा काम गर्ने’ जानकारी मोडेर्नालाई दिएको जानकारी दिए । नियामक निकायले गत यो साताको सुरुमा मोडेर्ना खोप सुरक्षित र ९४ प्रतिशत प्रभावाकारी देखिएको जनाएको थियो ।

    अमेरिकाले खोपको २० करोड डोज किन्ने सम्झौता गरेको छ र एफडीएको अनुमोदन लगत्तै विभिन्न ठाउँमा ६० लाख डोज पुर्याउन तयार गरिने बताइएको छ । बीबीसी

    प्रतिकृया दिनुहोस