• समाचार

    विश्वका १ सय उत्कृष्ट नर्सको सूचीमा नेपालका ४ जना

      ओमकार टाईम्स

    काठमाडौं । विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना परेका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा सार्वजनिक भएकाे १ सय जनाकाे सूचीमा नेपालका २ जना नर्स तथा २ जना मिडवाइफ उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल भएका हुन् । विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा १ सय जनालाई सूचीकृत गरेको हाे ।

    जसमा नेपालका मिडवाइफ प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी, नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जन सूचीकृत भएका हुन् । कोरोना महामारीको समयमा मिडवाइफ तथा नर्सहरु अग्रपंक्तिमा खटिएर बिरामीको सेवा गरेबापत सूचीमा सूचिकृत गरिएको वुमन इन ग्लोबल हेल्थ नामक संस्थाले आफ्नो वेबसाइटमा उल्लेख गरेकाे छ ।

    प्रतिकृया दिनुहोस