• राशिफल

    आजको राशिफल : २०७७ साल पौष ४ गते शनिबार

      ओमकार टाईम्स


    वि.सं.२०७७ साल पौष ०४ गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि– पंचमी,२६ घडी ०५ पला,बेलुकी ०५ बजेर १७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–धनिष्ठा,४० घडी ४१ पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त शतभिषा । योग–हर्षण,२४ घडी ३६ पला,बेलुकी ०४ बजेर ३७ मिनेट उप्रान्त बज्र । करण–बालव,बेलुकी ०५ बजेर १७ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर २६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,बिहान १० बजेर ४५ मिनेट उप्रान्त कुम्भ ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पतीको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ । माया प्रेममा आत्मियताको वढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिस्पर्धामा अरु दिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिका बढोत्तरीको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारीताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने शेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ । प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदि बहिनीको सहयोगमा नयाँ काममो थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अली बढी समय दिनसक्दा सबै साथी हरुभन्दा तपार्ईँनै अग्र स्थानमा आउनु हुनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोलि बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । पछी सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिदेशबाट सञ्चालित सस्थामा काम पाउने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुनेहुँदा परिणाम मुखि काम गरी समाजमा नाम कमाउन सकिनेछ । पढाइ लेखाइ मा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

    प्रतिकृया दिनुहोस