• समाचार

    अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते

      ओमकार टाईम्स

    गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा लु१ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ घर भएका चालक तेजबहादुर रानाको मृत्यु भएको हो । गौँडाकोटबाट तम्घासतर्फ जाँदै गर्दा अनियन्त्रित भइ सडकबाट तल खसेर उक्त अटो दुर्घटना भएको हो । अटोमा सवार घाइते चार जनामध्ये दुई जनाको गुल्मी अस्पताल र अन्य दुई जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस