• समाचार

    तराई–मधेशमा हुस्सु र कुहिरो, चिसोले जनजिवन प्रभावित

      ओमकार टाईम्स


    काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी तथा मध्य तराई भूभागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको जनाएको छ ।

    तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन/चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

    पुसको पहिलो सातादेखि नेपालको पश्चिमी तथा मध्य तराई–मधेशका जिल्लाहरुमा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको मौसम महाशाखाले जनाएको छ ।

    चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् । पूर्व–पश्चिम राजमार्गको सडक तथा सहायक राजमार्गको सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको छ ।

    अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।

    शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

    आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । साथै राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    त्यस्तै सोमबार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रतिकृया दिनुहोस