• समाचार

    सात दिनेदेखि निरन्तर आन्दोलनमा उखु किसान

      ओमकार टाईम्स


    काठमाडौं : बक्यौता रकम भुक्तानीमो माग गर्दै सात दिनदेखि आन्दोलनरत उखु किसानले शनिबार हलो–जुवा र उखुको डाँढसहित प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका हुन् । शनिबारको प्रदर्शनमा हाम्रो नेपाल हामी नेपालीका अभियान्ता ज्ञानेन्द्र शाहीले पनि समर्थन जनाएको छ ।

    किसानहरुले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा राखिएको छ । काठमाडौंको माइतीघरमा आइतबारदेखि निरन्तर उखु किसान प्रदर्शनमा छन् ।

    प्रतिकृया दिनुहोस