• धर्म-संस्कृति

    जानकी मन्दिरमा भक्तजनको भिड , भारतबाट आएन जन्ती

      ओमकार टाईम्स

    जनकपुरधाम । विवाहपञ्चमी महोत्सवअन्तर्गत आज साताै‌ं दिन वैवाहिक कार्यक्रम भइरहेको छ । जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ ।

    एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत छठौँ दिनसम्मकाे सीता रामको वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ। अन्य वर्ष नेपालको विभिन्न स्थान सहित भारतको विभिन्न राज्यबाट श्रद्धालुभक्तजनहरु आउने गरेको भएतापनि यस वर्ष कोरोना महामारीको कारण केहि व्यक्तिहरु मात्र आएका छन्।

    नेपाल भारतको सीमानाका बन्द रहेकोले समेत श्रद्धालुको संख्यामा कमी आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। प्रत्येक वर्ष भारतको अयोध्याबाट जन्तीहरु आएपनि यस वर्ष आएका छैनन् ।

    नेपाल र भारतका केहि साधुसन्तहरु आएकोमा राम मन्दिरको तर्फबाट तिनीहरु नै जन्तीको प्रतिनिधित्व गरेका छन् । कोरोनाको कारण यस वर्ष वैवाहिक कार्यक्रम साँझ देखि नै सुरु गरिएको छ । भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

    प्रतिकृया दिनुहोस