• राजनीति

    प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको तयारी

      ओमकार टाईम्स

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सक्ने नेकपा स्थायी कमिटीका एक नेताले बताएका छन्। संसद् विघटट गर्न सिफरिस गरेसँगै प्रधानमन्त्री ओलीको चारैतिरबाट कडा आलोचना भइरहेको छ।

    नेकपाको पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुने क्रम जारी छ। स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्ने ती नेताले बताए।

    संविधानको प्रावधान विपरीत उनले संसद् विघटन गर्न राष्ट्रपतिसामु सिफारिस गरेको भन्दै सरकार समर्थक तथा विपक्षी नेताहरुले त्यसको विरोध गरेका छन्।

    #प्रधानमन्त्री

    प्रतिकृया दिनुहोस