• समाचार

    निर्वाचन आयोगमा दुई सदस्य नियुक्तिका लागि सिफारिस

      ओमकार टाईम्स


    काठमाडौं । निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्तका लागि सिफारिस भएका छन् ।  निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका सरकारले सिफारिस गरेको हो ।

    राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भएलगतै संवैधानिक निकायमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।

    प्रतिकृया दिनुहोस