• फिचर

    दुर्घटनामा परि मान्छे मर्दैगर्दा मुख्यमन्त्री सरर

      ओमकार टाईम्स

    अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । तस्वीरमा देखिन्छ– ‘दुर्घटना परेको स्कुटर र नजिकैबाट सवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर’ ।

    यो तस्वीर सोमबार मोरङको बेलबारी ४ मा भएको एक सवारी दुर्घटनाको हो । स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका-११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । घाइतेहरु सडकमै लडिरहेको अवस्थामा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थान पुगे पनि उनीहरुको उद्धार भएन ।

    सडकमा घाइते तड्पिएको देख्दा देख्दै पनि मुख्यमन्त्री राईको टोलीले उनको उद्धार नगरी ‘हुइँकिए’पछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । मुख्यमन्त्रीको सवारी भएको केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो । उद्धारमा ढिलाइ हुँदा एक जना घाइतेको निधन भइसकेको थियो भने अर्क घाइते भण्डारीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस