• सम–सामयिक

    पेस्तोलसहित २ जना पक्राउ

      ओमकार टाईम्स

    सुनसरी । धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस