• मुख्य

    राष्ट्रपतिलाई कालो झण्डा देखाउने `शिव सेना नेपाल´ का केन्द्रिय सदस्य खड्का रिहा

      ओमकार


    काठमाडौ । गत २६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपतिलाई कालो झण्डा देखाएको अारोपमा पक्राउ परेका शिवसेना नेपालका केन्द्रीय सदस्य चिरन प्रताप खड्का रिहा भएका छन्।

     

    राष्ट्रपति सवार गाडीमा अबरोध गरि कालोझण्डा देखाएर पर्चा समेत फालेकाले खड्कालाई पक्राउ गरिएको थियो ।

     

    जावलाखेल प्रहरी परिसरबाट रिहा हुँदै खड्काले भने `धर्मनिरपेक्ष देशको राष्ट्रपतीलाई हिन्दु धार्मिक कार्यक्रममा जाने कुनै नैतिक अधिकार नभएकोले मैले कालोझण्डा देखाएको हो र मेरो अन्तिम श्वास रहुन्जेलसम्म राजसंस्था र हिन्दुराज्यको लागि लडिरहन्छु ।´

     

    खड्कालाई अभद्र ब्यवहारमा मुद्दा चलाई धरौटीमा रिहा गरिएको हो ।

    स्मरण रहोस् मोरङको बिराटनगरमा युवासन्त श्रीनिवास अाचार्य माथि गोलि प्रहार गरिएको घटनामा पनि पक्राउ परेका खड्का निर्दोष साबित भई अदालतबाट रिहा भएका हुन् ।

    प्रतिकृया दिनुहोस