• समाचार

    आज ७२२ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

      ओमकार टाईम्स


    काठमाडौंः पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

    योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ । गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस