• समाचार

    आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

      ओमकार टाईम्स

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि  बस्ने भएको छ ।  केन्द्रीय सदस्यले बोल्ने क्रम जारी बाँकी नै रहेकाले बैठक पुनः बस्न लागेको हो । मंगलबार सुरु  भएको बैठकमा बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए ।

    मंगलबार सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराएर विषय प्रवेश गराएका थिए । आजको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।   ·

    प्रतिकृया दिनुहोस