• देश

    ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

      ओमकार टाईम्स

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवनियुक्त अध्यक्ष माधवकुमार नेपाल समूह विर्नाचन आयोग जाने भएको छ।

    प्रचण्ड–नेपाल समूह ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग जान लागेको हो। प्रचण्ड–नेपाल समूहले आफूहरू दर्ताका लागि आउन लागेको आयोगलाई जानकारी गराइसकेको छ। निर्वाचनमा आयोगमा नेकपाका ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ।

    बालुवाटार बसेको बैठकपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले समूहले मंगलबारै निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनको जानकारी दिइसकेको छ।

    ओली समूहले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गरेर प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ता चयन गरेको छ। त्यस्तै, बबरमहलमा पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा नियुक्ति गरेको छ।

    प्रतिकृया दिनुहोस