• कला/ साहित्य

    जन्म उत्सवमा निशुल्क पुस्तक प्रदान

      ओमकार टाइम्स


    मकवानपुर मनहरीका राजकुमार ग्याबा तामाङले २३ औँ जन्मउत्सवको अवसरमा एक पुस्तकालयलाई निशुल्क पुस्तक प्रदान गर्नुभएको छ ।

    कवि, श्रष्ठा एवम् चित्रकार समेत रहनुभएका तामाङले आफ्नो जन्मदिनको अवसरमा बोलोचोक विकास समितिद्वारा सञ्चालित बोलोचोक सार्वजनिक पुस्तकालयलाई २३ थान पुस्तक प्रदान गर्नुभएको हो ।

    समाजमा पठनसिपको विकासमा सहयोग पुर्याउने तथा जन्मदिनलाई सिर्जनात्मकरुपमा मनाउनका लागि आफुले पुस्तक प्रदान गरेको उहाँले बताउनुभयो । कोभिड–१९ का कारण विश्व नै अर्थात् कोरोना भाइरसको महामारी भएकाले यस्तोबेला फजुल खर्च नभई गरिब, असाहय, विपन्न साथै सामाजिक कार्यमा राहत तथा सहयोग चाहिएको बताउँदै उनले अनावश्यक खर्चभन्दा उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताउनभयो ।

    उहाँले २३ वर्ष पुगेर २४ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न विधाका २३ थान पुस्तकहरु प्रदान गर्नुभएको बोलोचौक विकास समितिका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जानकारी दिनुभयो । शाहले जन्मदिनलाई सादगी तरिकाले मनाउनुपर्ने काममा यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै असल, अनुशासित, सभ्य एवम् लगनशिल तामाङलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।

    संस्थाले जन्म दिनका अवसरमा प्राप्त सहयोगबाट वृक्षारोपण, योगा,सरसफाई लगायत विभिन्न क्रियाकलापहरु समेत संचालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस