• समाचार

    झापामा छिमेकीको हत्या गरेको आरोपमा दुईजना पक्राउ

      ओमकार टाईम्स

    झापा। छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।प्रहरीले मेचीनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ वर्षीय भुखन किसान रहेका छन्।

    पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धान हुँदा उनको हत्या भएको खुलेको थियो।

    संघीय इकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, इलाका प्रहरी कार्यालय काकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले घटनामा संलग्न बुधलाललाई उनकै घर र भुखनलाई मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट पक्राउ गरेको हो।

    पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातिसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरूबीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ।

    प्रतिकृया दिनुहोस