• समाचार

    पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी

      रासस

    प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका  सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
    फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

    आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

    यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस