• मुख्य

    झापाको गौरादहमा बेवारिसे बम फेला

      ओमकार टाईम्स


    गाैरादह नगरपालिका वार्ड नं. ७ जामबाडी पन्चकन्या चाैक नजिक भत्त बहादुर खत्रीकाे टीकबारीमा बम फेला परेकाे छ ।आज विहान करिब ११ बजे केटाकेटीहरू खेल्ने क्रममा धान खेतकाे बीचमा रहेकाे टिकबारीमा ग्रिनेट बम फेला परेकाे हाे ।

    पलाष्टिकले बेरिएकाे उत्त बमलाई खेलाैना सम्झी केटाकेटीहरूले घरमा ल्याएका थिए । बम रहेकाे शंका लागेपछि स्थानियहरूले बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय गाैरीगंजमा खबर गरेका थिए । अहिले उत्त स्थानलाई प्रहरीले २ सय मिटर वरपर घेराबन्दी गरि राखिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छन् ।

    बमलाई डिस्पाेज गर्न चारआलीबाट सेनाकाे डिस्पाेजल टाेली केहीबेरमा आईपुग्ने प्रहरीले जनाएकाे छ । बम भएकाे थाहापाएपछि विहानदेखि स्थानियहरू त्रसित छन्।

    प्रतिकृया दिनुहोस