• पत्र-पत्रिका

    स्थानीय तहको भवन धमाधम बन्दै

      ओमकार टाईम्स


    काठमाडौँ। न्यूनतम सुविधासहितको प्रशासनिक भवन नभएका स्थानीय तहले धमाधम नयाँ प्रशासनिक भवन बनाइरहेका छन् । कतिपय स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश निर्माणाधीन अवस्थामा छन् ।

    सरकारले दुई वर्षअघि आफ्नो नीति, कार्यक्रम र बजेटमै तीन वर्षभित्र सबै स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार अहिले स्थानीय तहमा प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिएको हो ।

    स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले प्रशासनिक भवन निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर निर्माण गरिरहेका छन् । पुराना ५८ नगरपालिकामध्ये ४२ वटाको मात्र आफ्नै प्रशासनिक भवन थिए भने बाँकी ७११ वटा गाउँपालिका र नगरपालिकाको प्रशासनिक भवन नभएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ७११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने छ । छ हजार ७४२ वटा वडा कार्यालयमध्ये छ हजार वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्नुपर्ने जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटा लेखेका छन् ।

     

    प्रतिकृया दिनुहोस