• स्वास्थ

    कोरोना अस्पतालबाट कोरोनाको बिरामी फरार

      ओमकार टाईम्स

    बुटवल – आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन्। बुटवल–१३ का ५५ वर्षीय पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन्।

    गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार भइरहेको थियो। ती पुरुषले मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएको खुलेको अस्पतालका प्रवक्ता गौतमले बताए।

    उनले शनिबार साँझ नै आफूलाई ठीक भएको भन्दै घर जान दिन आग्रह गरेका थिए।

    प्रतिकृया दिनुहोस