• राजनीति

    प्रचण्ड – माधव पक्षको स्थायी कमिटीको बैठक बस्दै

      ओमकार टाईम्स

    काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्ने भएको छ।

    सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो।बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने योजना छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो।

    प्रतिकृया दिनुहोस