• समाचार

    पछिल्लो २४ घन्टामा देशभर थप ५११ जनामा कोरोना पुष्टि

      ओमकार टाईम्स


    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अवधिमा ६०० जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा ७ जनाले ज्यान गुमाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ६० हजार ५९ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । हालसम्म कुल १८४७ जनाको मृत्यु हुँदा देशभर ६ हजार ३०० जना सक्रिय संक्रमित रहका छन् ।

    प्रतिकृया दिनुहोस