• विदेश

    नयाँ स्वरुपको कोरोना फैलिन थालेपछि दिल्लीमा ‘नाइट कर्फ्यू’

      ओमकार टाईम्स

    बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिक संक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डिडिएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू घोषणा गरेको हो ।

    साथै जनवरी १ का दिन पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यू लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतबाट भारत फर्किएका २० यात्रुमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भइसकेको छ ।

    प्रतिकृया दिनुहोस