• अर्थ

    आज सुनको मूल्य ४ सयले बढ्यो, चाँदीको स्थिर

      ओमकार टाईम्स

    काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानिय बजारमा शुक्रबार सुनको भाउ ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १०० मा कारोबार भएको थियो ।

    हिजोको तुलनामा आज छापावाला सुन प्रतितोला ४०० ले बढेको हो । तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । हिजो प्रतितोला १ हजार ३०० मा कारोबार भएको चाँदी आज सोही मूल्यमा खरीदविक्री हुँदैछ ।

    प्रतिकृया दिनुहोस