• समाचार

    चक्कु प्रहार गरी २ लाख लुट्ने ५ जना पक्राउ

      ओमकार टाईम्स

    काठमाडौं : सन्दुक सहकारी संस्थाका बजार प्रतिनिधिबाट २ लाख रुपैयाँ लुटेर फरार ५ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पुष १५ गते सहकारीका बजार प्रतिनिधि प्रेम गजमेरलाई चक्कु प्रहार गरी साथमा रहेको २ लाख रुपैयाँ लुटी फरार उनीहरूलाई महाशाखाले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौं-२६ नरदेवी घर भइ चक्रपथ बस्दै आएका अमीत तुलाधर, अभय तुलाधर, रोहित शाही, काठमाडौं कमलादी घर भइ भुरुङ्गखेल बस्ने रोहन शाही र जुम्लाका हरी शर्मा रहेका छन् । सीसीटीभी फुटेजको आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीको साथबाट चोरीका ४ थान स्कुटर, १ थान मोटरसाइकल र केही रकम बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताए ।

    प्रतिकृया दिनुहोस