• स्वास्थ

    दूध कतिबेला पिउने ? आयुर्वेदले दिन्छ यस्तो जवाफ

      एजेन्सी

    जब तपाई हामीमाझ  सम्पूर्ण भोजनको कुरा हुन्छ, तब यसमा दूधको महत्वपूर्ण भूमिका हुन्छ । दूधलाई तपाई शुद्ध रुपमा वा बेसार र अन्य कुराहरु मिसाएर पनि पिउन सक्नुहुन्छ । दूधमा प्रोटिन, भिटामिन ए, बी १, बी १२, भिटामिन डी, पोटासियम र म्याग्नेशियम हुने भएकाले यो निकै पोषक मानिन्छ ।

    मिल्क शेक बनाएर नपिउनुस्
    मिल्क शेक बनाएर नपिउनुस् । आयुर्वेदका अनुसार दूधलाई मिल्कशेकका रुपमा पिउनु स्वास्थ्यका लागि फाइदाजनक छैन । डाक्टर वसन्त लादद्धारा लेखिएको पुस्तक ‘द कम्प्लिट बुक अफ आयुर्वेदिक होम रेमेडिज’ का अनुसार दूधमा कुनै फल, केरा, आँप आदि मिलाएर प्रयोग गर्नु राम्रो हुँदैन ।

    दूधमा केरा मिसाएर सेवन गर्दा शरीरमा टक्सिन जम्मा हुन थाल्छ र यसका कारण चिसो, एजर्ली तथा छाला सम्बन्धी समस्या देखिन सक्छ ।  आयुर्वेदका अनुसार दूध पिउने एक विशेष समय हुन्छ । कहिले पिउने र कहिले नपिउने भन्ने विषयले यसबाट कसरी ज्यादा लाभ लिन सकिन्छ भन्ने निर्धारण गर्छ ।

    दूधलाई बिहान वा राती सुत्नभन्दा अघि पिउनुस् । यदि शरीर बनाउन चाहनुहुन्छ भने यसलाई बिहान पिउनुस्, अन्यथा राती सुत्नुअघि पिउनुस् । यसको अधिक लाभ लिनका लागि तपाईले अस्वगन्धा र त्रिफला मिसाएर पिउन सक्नुहुन्छ, जसले तपाई राम्रो निन्द्रा दिन्छ र तपाईको आँखाका लागि पनि ठिक हुन्छ ।

    दूधमा सेडेटिभ गुण पनि हुन्छ, जसकारण राती यसलाई पिउँदा यसमा मौजूद सेरोटोनिनले तपाईलाई शान्ति प्रदान गर्छ र राम्रो निन्द्रा दिन्छ ।  दूध पचाउन समस्या छ भने बिहान पिउनुस्, परम्परागत मान्यताअनुसार बिहान  दूध पिउँदा सहजसँग पच्छ । यद्यपि, आजभोलिको समयमा एक्सरसाइज गरेपछि कसैले बिहान शुद्ध दुधमात्रै पिउँछ भने उसलाई एसिडिटी हुनसक्छ । त्यसैले दूधलाई चिया या  पराठा वा नमकिनसँग प्रयोग गर्नु राम्रो हुन्छ ।

    यदि तपाईलाई मसल्स बनाउनुछ भने रातमा दूध पिउनुस्, धेरैजसो न्युट्रसियन्सहरुका अनुसार रातमा सुत्दाको समय केही पनि खाँदा वा पिउँदा तपाईलाई एक उर्जा मिल्छ । यद्यपि, आयुर्वेदकाअनुसार दूधमा भएको राम्रो पाचक र सेडेटिव गुणका कारण यसलाई राती प्रयोग गर्दा राम्रो हुन्छ ।
     

    प्रतिकृया दिनुहोस