• मुख्य

    भारतको दादागिरी यथावत, स्थानीय जनता त्रसित

      पत्रपत्रिका


    विराटनगर । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ ।

     

    भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो ।

     

    भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस