• समाचार

    सवारीचालक अनुमतिपत्रको अनलाइन फारम पुन: बन्द

      ओमकार टाईम्स

    काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुन: बन्द भएको छ । सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गरी सो जानकारी दिएको हो ।

    सो सूचनामा भनिएको छ, ‘एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरिएको छ ।’ फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ । चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

    लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ । सेवाग्राहीले पनि फारम भर्न नपाएको भन्दै गुनासो गरेका छन् ।

    प्रतिकृया दिनुहोस