• देश

    न्यायाधीश कार्कीद्वारा संवैधानिक इजलासमा नबस्ने घोषणा

      ओमकार टाईम्स

    काठमाडौं – न्यायाधीश हरिकृष्ण कार्कीले संसद् विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन्। बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश माथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने भएका हुन्।

    आजको सुनुवाइमा वकिलहरूले न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको मुद्दा हेर्न नमिल्ने बताएका थिए।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए।

    प्रतिकृया दिनुहोस