• समाचार

    भारतीय सीमानाकाबाट ६४ हजार बराबरको सामान बरामद

      ओमकार टाईम्स

    मोरङ  । प्रहरीले मोरङको विटारनगर महानगरपालिका–१४ बाट भारतको जोगवनीबाट ल्याइँदै गरेको अवैध सामान बरामद भएको छ ।

    मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको ६४ हजार मूल्यबराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री बरामद गरेको हो । बारमद गरिएका समान बेवारिसे अवस्थामा रहेको बताइएको छ ।

    बरामद सामानमा लेडिज बर्को १९ थान, जेन्स भेष्ट १७५ थान, बच्चाको भेष्ट र कट्टु ७६ थान, पेन्टी ४० थान, गाम्छा ४७ थान, कछाड २० थान, लेज १३५ थान, हेप्पीडेन्ट चुइगम ३१ बट्टा, बिस्कुट १ कार्टुन २२ पिस र लक्ष्मण रेखा १२ प्याकेट छन् ।

    प्रतिकृया दिनुहोस