• समाचार

    आज थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

      ओमकार टाईम्स

    नेपालमा आज थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४१२ पुगेको हो ।

    मन्त्रालयका अनुसार ५ हजार १३२ जनामा गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    यसैगरी, आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा ४८३ जना उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ।

     

    प्रतिकृया दिनुहोस