• विदेश

    ५० वर्षीया महिलाको बलात्कारपछि हत्या गर्ने पुजारी पक्राउ

      ओमकार टाईम्स

    एजेन्सी । भारत उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए ।

    प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको घरमा लुकेर बसेका थिए । गाउँलेले पुजारीलाई पक्राउ गरेर प्रहरीलाई सुम्पिएका हुन् ।

    बदायूं जिल्लाको उघैती इलाकामा ५० वर्षीया एक महिलाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । आइतबार बेलुकी महिला पूजा गर्न मन्दिर जाँदा उक्त घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पहिले नै पक्राउ गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस