• अर्थ

    शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

      ओमकार टाईम्स

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि बैंक खुला राख्न निर्देशन दिएको छ ।  दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि भोलि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

    राष्ट्र बैंकको निर्देशनपछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर भोलि पनि खुला रहने छन् ।

    प्रतिकृया दिनुहोस